
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – बर्षायाम भएकाले लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ। एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको छ र वितरण सञ्जाल सुधार (डिएनआई)अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको छ भनि मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले जानकारी दिनु भयो ।
पिआइडीका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले वर्षामा सडक भत्काउँदा हिलो हुने भएकाले तत्कालका लागि काम रोकिएको बताए। उनले थपे – वितरण सञ्जाल सुधारअन्तर्गतको पाइप पानी वितरणका लागि उपभोक्ताको घर–घरमा जडान गरिने पाइप हो। यो बिछ्याउने काम अहिले रोकिएको छ,लगातार पानी परेको छ। सडक खन्दा हिलो हुन्छ त्यसैले सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएकाले काम रोकेको हो।
वितरण सञ्जाल सुधारअन्तर्गत ६ सय ७० किमि पाइपमध्ये ६ सय १० किमि पाइप बिछ्याइसकिएको छ। ‘वितरण सञ्जालअन्तर्गत ९१ प्रतिशत काम सकिएको छ। वर्षा सकिएलगत्तै यो काम सुरु हुन्छ र मंसिरभित्र बाँकी सबै काम सकिने पिआइडीले बताए ।
आयोजकका अनुसार खनिनुपर्ने २७.५८४ किमि २५.२८४ किमि सुरुङ खनिसकिएको अब मेलम्ची खानेपानीको सुरुङ खन्न अब २।३ किमि मात्रै बाँकी छ। सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भएको बताएका छन् । ‘अहिले दैनिक १६ देखि १७ मिटर सुरुङ खन्ने काम हुँदै छ। यही रफ्तारमा काम भए १५ असोजमा मेलम्चीको पानी काठमाडौं आउन मुस्किल देखिन्छ। सुरुङ खन्ने काम रोकिएको छैन। अब २।३ किमि सुरुङ खन्न बाँकी छ अहिले दुई ठाउँबाट सुरुङ खन्ने काम हुँदै छ, ग्याल्थुम–अम्बाथान सुरुङ खन्ने काम तोकिएकै समयमा सकिन्छ। ग्याल्थमु–सिन्धु सुरुङ भने ढिलो हुन्छ। त्यसो हुँदा १५ असोजमा मेलम्चीको पानी काठमाडौं आइपुग्न गाह्रो देखिन्छ।’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए ।
प्रवक्ता लीलाप्रसाद ढकालले भने – नारायणगोपाल चोक, चाबहिल, चुच्चेपाटी, गौशाला क्षेत्रलाई पिआइडीले ‘क्रिटिकल’ क्षेत्र मानेको छौ । पिआइडीले थोक वितरण प्रणाली (बिडिएस) अन्तर्गतको पाइप बिछ्याउने काम भने रोकेको छैन। ‘क्रिटिकल’ क्षेत्रअन्तर्गत उक्त काम भइरहेको छ। त्यसमध्ये गौशालामा भने काम करिब-करिब सम्पन्न भइसकेका छन् । ठूला पाइप बिछ्याउने काम स्थगित गरिएको छैन। पानी परे पनि प्रत्येक राति छाता ओढेरै यो काम भइरहेको छ। भदौभित्र सबै काम सक्ने हाम्रो लक्ष्य छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्