काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीमा बसेर निती विपरितका गतिविधि गर्नेलाई भकाभक कारबाही गर्न थालेको छ ।
पार्टीको निती बिपरित चन्दा संकलन गर्दै व्यक्तिगत प्रयोजनमा खर्च गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थका कारण अन्य पार्टीका मान्छेको हत्या गर्ने सम्मको योजना बनाएको भन्दै केन्द्रीय सदस्य गगनबहादुर खड्का ‘जीवन’लाई पार्टीको साधारण सदस्यबाट समेत निस्काशन गरेको छ ।
आतइबार प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर विचार र कार्यदिशाबाट पयालयनता, सुधारवाद, आत्मसुरक्षावाद र वर्ग संघर्षमा गम्भीर गल्ती गरेको भन्दै पार्टी सदस्यबाट समेत निश्कासन गरेको बताएका छन् ।
पार्टीले आन्तरिक कारबाही गरिरहेका बेला जीवनले पार्टी बिरुद्ध नै बक्तव्यबाजी गरेकाले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको प्रवक्ता प्रकाण्डले बताएका छन् ।
जीवनलाई कम्युनिष्ट पार्टीले आन्तरिक कारबाही गरी केन्द्रीय सदस्यबाट निलम्बन गरेपछि जीवनले पार्टी, नेतृत्व, विचार, पार्टी लाईन र पार्टीका क्रान्तिकारी संघर्षका गतिविधिलाई संगिन आरोप लगाएर पार्टी त्याग गरेको वक्तव्यवाजी गरेका थिए ।
प्रकाण्डले जीवनको विज्ञप्ति क्रान्तिकारी ध्रुबिकरणविरुद्ध भएको बताउँदै प्रतिक्रियावादी षड्यन्त्र भएको बताए।
जीवनमा दक्षिणपंथी रुझान, अराजकता र निष्कृयताका कारण पार्टीले चुनाव खारेजी अभियान पूर्व नै ब्यूरो इञ्चार्जको जिम्मेवारीबाट हटाई अर्को ब्यूरो इञ्चार्ज खटाई सकेको प्रकाण्डले बताएका छन् ।
प्रवक्ता प्रकाण्डले पार्टीको आठौं केन्द्रीय समितिको चौंथोपूर्ण बैठकले पार्टी सदस्यता मात्र रहने गरी केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएको र उनले पार्टीका बिरुद्ध बक्तब्य निकालेपछि आजैको मितिदेखि पार्टीबाट निस्काशन गरेको बताएका छन् ।
त्यस्तै प्रवक्ता प्रकाण्डले जीवनले पार्टीविरुद्ध गडबढी गर्ने दुस्साहास गरे सहनीय नहुने चेतावनी समेत दिएका छन् ।



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्