
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गत जुन महिनामा लिएको परिक्षाको नतिजा प्रकाशित गरेको छ । आइक्यानले क्याप वानमा टप टेन घोषणा गरेपनि अन्य तहका टपरहरु भने घोषणा गरेको छैन । यद्यपी आइक्यानको परिक्षामा आएका उत्कृष्ट नतिजालाई आधार बनाएर क्याप टु र क्याप थ्रीमा को को टपर बने भन्ने जानकारी पनि विभिन्न सिएको कोचिङ कक्षा संचालन गर्ने सिए इन्ष्टिच्युटहरुले गराउने गरेका छन्।

क्याप वानमा अधिकांस टपर प्राइमबाट, पहिलो र्यांक भने एओसीबाट
क्याप वानमा उत्कृष्ट १० भन्दै आइक्यानले १५ जनाको नाम लिष्ट सार्वजनिक गरेको छ । दोश्रो ९औं र १० औं स्थानमा एक जनाभन्दा बढी विद्यार्थीले समान अंक ल्याएपछी १५ जनाको लिष्ट तयार भएको हो । यी १५ जना टपरमध्ये पहिलो र्यांकमा आएका विद्यार्थी एओसीमा अध्ययन गरेका विद्यार्थी हुन् । एओसीकि सबु नेपालले आइक्यानले गत जुनमा लिएको परिक्षामा ८३.३३ प्रतिशत अंक ल्याएकी छिन् ।
यता प्राइम सिएले क्याप वानमा उत्कृष्ट १० मध्ये ७ जना टपर उत्पादन गर्न सफल भएको छ । प्राइमबाट रचना घिमिरेले दोश्रो र्यांक ल्याउन सफल भएकी छिन् भने मानस कोइरालाले तेश्रो र्यांक प्राप्त गरेका छन् । यस्तै अनुषा थापामगरले पाँचौं, दीपशिखा हलवाईले ८ औं, आरती नेपाल र सागर अधिकारीले ९औं र अमन सुवेदीले १० औं र्यांक ल्याएका छन् । प्रथम सहित सातौँ र १० औं र्याङ्कमा एओसीका तर्फबाट क्रमश: रमिला बन्जारा र रिना बलामी छन् ।
![]() |
| खुसी बाँड्दै सीसीएम बाट उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी र सीसीएमएका निर्देशक |
सीमा र सीसीएमको उत्कृष्ट प्रदर्शन, मोफसलमा मेरिल्याण्ड एप्लाइड अब्बल ठहरियो !
यता सीसीएमए कलेजका तर्फबाट नन्दनी रौनियारले १० औं र्याङ्क ल्याएका छन् । यस्तै क्याप वानमा सीमा एकेडेमिक्सका तर्फबाट किरण लामीछानेले दोश्रो र्याङ्क र निलम पोखरेलले चौथो र्याङ्क ल्याएका छन् । यस्तै मोफसलमा आफु दमदार उपस्थिति दिइरहेको मेरिल्याण्ड अप्लाइड सिए एकेडेमीका तर्फबाट अंकित रायले दोश्रो र्याङ्क र सुजाता महतले छैटौं र्याङ्क ल्याएका छन् ।
![]() |
| र्याङ्क होल्डर बनेका सीमाका विद्यार्थीसंगै सीमाका शिक्षक |
क्याप टु र क्याप थ्रीमा प्राइमकै दबदबा !
यता बिगत लामो समयदेखि क्याप टु र क्याप थ्रीको नतिजामा उत्कृष्टता हाँसील गर्दै आएको प्राइमले यसपाली पनि क्याप टु र क्याप थ्रीको नतिजामा आफ्नो दबदबा कायम गरेको छ । क्याप टु बाट मोनिका लुइटेल क्याप टु टपर बनेकी छिन् । यता क्याप थ्रीमा उत्कृष्ट अंक ल्याएका कमल बहादुर खत्रीपनि प्राइम सिएकै विद्यार्थी हुन् ।
र्यांक नआएपनि गुरुकुल सिएको नतिजा राम्रो, चैतन्य भने खस्कियो !
यता र्यांक नआएपनि गुरुकुल सिएको नतिजा राम्रो देखिएको छ । गुरुकुल सिएमा अध्ययन गरेका अधिकांस विद्यार्थी क्याप वानमा उतीर्ण भएका छन् । क्याप वानमा रहेका कुल १२ जना मध्ये गुरुकुलबाट ११ जना विद्यार्थी उतीर्ण भएका छन् । क्याप टुमा ९ विद्यार्थीले दुवै समूह पास गरेका छन् । यता चैतन्य सिए भने क्याप वानको नतिजामा खस्किएको छ । यसपाली चैतन्यले कुनै पनि र्यांक ल्याउन सफल भएको छैन भने समग्र नतिजा पनि औसतमात्र देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper









प्रतिक्रिया दिनुहोस्