×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

को हुन् यी तीन नेता, जसले नेपाली काँग्रेसभित्र शक्तिशाली भूकम्प ल्याउन सक्छन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

को हुन् यी तीन नेता, जसले नेपाली काँग्रेसभित्र शक्तिशाली भूकम्प ल्याउन सक्छन् ?

१८ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं । पछिल्लो समयमा नेपालमा कृयाशिल रहेका राजनीतिक दलहरु आन्तिरक विवामा फसेका छन् । पार्टीको केन्द्रीय नेतृत्वका लागि आन्तारिक अन्तरविरोध चर्किनु स्वाभाविक पनि हो । चाहे त्यो नेपाली कांग्रेसभित्र होस् वा चाहे नेकपा एमालेमा अर्थात माओवादी केन्द्र र अन्य पार्टीहरु सबैमा नेतृत्वको बहस चर्किरहेको छ ।
पछिल्लो समय नेपालमा रहेका राजनीतिक दलहरुको सन्दर्भमा नेपालको प्रभावशाली पार्टीको रुपमा रहेको नेपाली कांग्रेसभित्र एउटा नयाँ टिमको प्रार्दूभाव भएको छ । जुन टिमले सिंगो नेपाली कांग्रेसलाई राम्रोसँग प्रभाव पारिरहेको छ ।
यद्यपि, त्यसलाई टिम भन्दा पनि पछिल्लो समयमा उदाएका प्रभावशाली नेताहरु मात्र भन्दा हुन्छ । यो कुनै गुटगत समुह होइन तर पूर्ण रुपमा सिंगो नेपाली कांग्रेसलाई प्रभाव पार्न सक्ने नेताहरुको उदय हो ।
नेपाली काँग्रेस भित्र उदाएका यी नेताहरु वास्तवमा यी नेताहरुको टिम पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै वरिपरि चक्कर मार्ने गर्छन् ।
मुलुक तथा नेपाली काँग्रेसलाई प्रभाव पार्ने खालको कुनै निर्णय गर्नुपरेमा तत्कालीन प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समेत सबैभन्दा पहिले उनीहरुको सल्लाह लिने गरेको श्रोतको दाबी छ । ती तीन नेताहरु हुन्, विमलेन्द्र निधि, बालकृष्ण खाँड र डा.प्रकाशशरण महत ।
केहि समय अघि सम्पन्न भएको स्थानिय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षित परिणाम ल्याउन सकेन । पचास सिटले पछि पार्दै एमाले काँग्रेस भन्दा अघि रह्यो । उसले ६ प्रदेशमा २२६ सिट प्राप्त गर्यो भने एमालेले २७६ सिट प्राप्त गर्यो ।
त्यसैले अपेक्षित परिणाम आउन नसकेपछि यसबेला सभापति देउवा पार्टीभित्रै फरक समुहको निशानामा परिरहेका थिए । तर यो संकटमा प्रधानमन्त्रीको बागडोर सम्हाल्नको लागि देउवालाई काँध थाप्न नेताहरु निधि,खाँड र महत लागिपरेका थिए ।
उनीहरु त्यसबेला पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीलाई पुगेको क्षतिलाई दुई नम्बर प्रदेशको चुनावबाट परिपूर्ति गरिनुपर्ने भन्दै तिव्र तयारीमा लागेको बुझिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी