
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मिसन डेभलोपमेन्ट बैंकका अध्यक्ष गैरकानुनी रुपमा पदमा बस्दै आएको खुलासा भएको छ । बैंकका अध्यक्ष बासुदेव घिमिरे राष्ट्र बैंकको निर्देशिका विपरित अध्यक्ष पदमा बसीरहेका हुन् । नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिका २०७४ अनुसार जनप्रतिनिधि बनेका कोहि पनि बैंकको संचालक पदमा बस्न नपाउने भएपनि बैंकका अध्यक्ष घिमिरेले भने उक्त निर्देशिकालाई अटेर गरी अझैपनि बैंकको अध्यक्ष पदमा बसीरहेका छन् ।

मिसन डेभलोपमेन्ट बैंकका अध्यक्ष स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिका रुपन्देहीको मेयर पदमा निर्वाचित भएका थिए । उक्त पदमा निर्वाचित भएसँगै बैंकको अध्यक्ष पद छोड्नु पर्ने भएपनि उनले उक्त नियम विपरित पदलोपुता देखाएका छन् । बैंकमा उनले अध्यक्ष पद छोड्ने भन्ने विषयमा छलफल भएपनि उनले दादागिरी शैलीमा अझै पनि बैंकको अध्यक्ष पदमा बसीरहेका छन् ।
अझ रमाइलो कुरा त के छ भने बैंकले बासुदेव घिमिरेलाई बधाई दिंदै विभिन्न पत्रपत्रिकामा बधाई सन्देशसमेत छापेको थियो । तर एकिकृत निर्देशिका अनुसार उनी अध्यक्ष पदमा बसीरहनु गैर कानुनी भएपनि कानुनको धज्जी उडाउँदै उनी हालसम्म पनि उक्त पदमा बसीरहेका छन् ।
यस विषयमा उनीसंग हामीले मंगलबार पटक पटक सम्पर्क गर्न खोजेका थियौं । तर हामीले पटक पटक सम्पर्क गर्न खोज्दा पनि उनीसँग सम्पर्क भएन । यस विषयमा हामीले बैंकमा बुझ्न फोन गर्दा हाम्रो प्रश्न सकिन नपाउंदै बैंकका कर्मचारीले फोन राखिदिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्