
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार भारतीय भूमि टेकेको केही घण्टामै चिनियाँ विदेश मन्त्रालयले देउवाको भ्रमणलाई लिएर बेजिडमा पत्रकार सम्मेलन गरयो । पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकीहरुसँग समधुर सम्बन्ध राख्नुपर्ने धारणा सार्वजनिक गरेपछि दिल्लीमा त्यसको असर प्रत्यक्ष परयो । भारतसँग नयाँ सम्बन्ध स्थापित गर्दा चीनसँगको सम्बन्ध नविर्सिन चीनले आग्रह गरेको छ ।
पाँच दिने भारत भ्रमणमा रहेका देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच विहीबार औपचारिक भेटवार्ता हुने कार्यक्रम तय गरिएको थियो । दोक्लम विवादमा मौन रहन र कसैको पक्ष नलिन चीनले आह्वान गरेको केही घण्टामै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई अनौपचारिक भेटघाटका लागि आफ्नो निवासमा बोलाए ।
दोक्लम विवादमा कसैको पक्ष नलिन चीनले घुमाउरो पारामा आग्रह गरेपछि मोदी तर्सेको अनुमान गर्न सकिन्छ, चीन मामिलाका जानकार भाष्कर कोइरालाले भने देउवा अब जटिल मोडमा पुगे, भारतको पक्ष लिँदा चीन तर्सिने निश्चित छ, नलिए सरकारबाट बाहिरिने संकट पनि देउवालाई आउन सक्छ ।
बुधवार दिउँसो चिनिया विदेश मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिडले नेपाल र चीनबीच स्वस्थ सम्बन्ध भएको र भारतसँग पनि त्यस्तै सम्बन्ध भएको आफुहरुले हेर्न चाहेको बताएकी थिइन । नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा कहिले पनि चीनले प्रतिक्रिया दिएको थिएन । तर देउवाको यो भ्रमणमा चीनले प्रतिक्रिया दिएको छ ।
चीन र भारतबीच दोक्लम विवाद चर्किरहेको छ । दुवै देश आफ्नो समर्थनमा नेपाल ल्याउन चाहान्छन् । देउवाको भारत भ्रमण तय भएलगतै चिनिया उपराष्टपतिले नेपाल भ्रमण गरेका थिए । भ्रमणका क्रममा चिनिया उपराष्टपतिले यो बेला भारत भ्रमण नगर्न देउवालाई आग्रह गरेको परराष्टमन्त्रालय स्रोतले बताएको छ ।
उपराष्टपतिको आग्रह नमानेपछि चीन देउवासँग केही सशंकित बनेको छ । सशंकित हुँदै चीनले पत्रकार सम्मेलन गरी सजग बनाएको चिनिया मामिलाका जानकारहरु बताउँछन् । चीनले पत्रकार सम्मेलन गरेको केही घण्टामै पूर्व निर्धारित कार्यक्रम मिचेर मोदीले देउवालाई निवासमा बोलाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्