×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोदीले हाले, शुष्माले दिइन्, देउवाले पिए, अरु सबै लाजले भुतुक्कै…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मोदीले हाले, शुष्माले दिइन्, देउवाले पिए, अरु सबै लाजले भुतुक्कै…

Artha Sarokar

९ भाद्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँदिल्ली – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा धेरै रोचक घटनाहरु भएका छन् । त्यसमध्ये एउटा घटनाले भने दिल्लीमा नेपाली टोलीमाझ निकै चर्चा पाएको छ ।
घटना हो, बिहीबारको । द्धिपक्षी वार्तापछि संयुक्त पत्रकार सम्मेलन चल्दै थियो । नेपालका प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण र यसअवधिमा भारतसँग भएका सहमतिका बारेमा धारणा राख्दै थिए ।
त्यसैक्रममा प्रधानमन्त्री देउवा बीचबीचमा खोक्न थाले । उनको स्वास्थ्यमा सामान्य गडबडी भएको थियो । त्यही भएर होला, उनी स्वास्थ्य समस्या रहेका देउवा बोल्दाबोल्दै बीच बीचमा खोक्दै रोकिन्थे । देउवाको यो अबस्था देखेपछि मोदीको नजर नजिकैको पानीको बोतलतिर पर्यो । 
देउवा बोलिरहँदा उनले बोतलको पानी ग्लासमा खन्याइसकेका थिए । पानी ग्लासमा खन्याइसकेपछि मोदीले भारतीय विदेशमन्त्री शुष्मा स्वराजतर्फ इशारा गरे । स्वराज आएर त्यो ग्लास बोकेर देउवाको अगाडि राखिदिइन । र, पानी पिउन देउवालाई इशारा गरिन ।
घाँटीमा खसखस भएर होला, बोल्दाबोल्दै बीचमा खोकिरहेका देउवालाई सहृदयी रुपमा स्वराजले पानी दिइन, देउवाले पिए र आफ्नो मन्तब्य टुङग्याए ।
शुष्माले पानी दिँदा देउवा निक्कै भावुक देखिन्थे । उनी भावनामा बहकिएझैं देखिए । त्यही क्षणमा देउवाले नेपालको भूमि भारतबिरुद्ध कुनै पनि हालतमा प्रयोग गर्न दिन्न भन्दै प्रतिबद्धता ब्यक्त गरे ।
देउवालाई पानी पियाउन मोदी र शुष्मा आफै सक्रिय भइरहँदा नेपाली डेलिगेशन भने लाजले पानी पानी देखिएका थिए । – दैनिक नेपालबाट
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी