Skip to content
LAXMI SUNRISE BANK

होस् गर्नुहोस् है ! अवदेखि नक्कली नोट बनाउनेलाई मात्र होइन चलाउनेलाई पनि ७ बर्ष जेल सजाय हुने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नक्कली नोट बनाउनेलाई मात्र होइन अवदेखि नक्कली नोट चलाउनेलाई समेत कारवाही हुने भएको छ । नक्कली नोट चलाउनेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैंयासम्म जरिबाना समेत हुनेछ ।
‘कसैले खोटा मुद्रा हो भन्ने जानी जानी सद्दे सरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरिद वा विक्री गर्न, निकासी वा पैठारी गर्न, लेनदेन गर्न, सद्दे सरह चलनमा ल्याउन वा सो गर्न उद्योग गर्न वा आफुसँग राख्न हुँदैन’ संहितामा उल्लेख छ । 
यस्तै नक्कली नोट बनाउनेलाई १० वर्ष जेल हुने भएको छ । ‘कसैले खोटा अर्थात् नक्कली मुद्रा बनाउन वा बनाउने उद्योग गर्न हुंदैन । त्यस्तो कसूर गर्ने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि दश वर्षसम्म कैद र ५० हजार रुपैंयादेखि १ लाख रुपैंयासम्म जरिबाना हुनेछ ।’ अपराध संहितामा उल्लेख गरिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK