Skip to content

नेशनल हाइड्रोलाई वार्षिक सभाबाहेक अन्य कार्य नगर्न उच्च अदालतको आदेश

Dish Home

अर्थ सरोकार

उच्च अदालत पाटनले नेशनल हाइड्रोपावर कम्पनीलाई तत्कालको लागि वार्षिक साधारणसभाबाहेक अन्य कुुनै पनि कार्य नगर्न आदेश दिएको छ । नेशनल हाइड्रोपावर कम्पनीमा सेयरधनीको रुपमा रहेका ४९ वर्षीय केशव प्रसाद पौडेलले नेशनल हाइड्रोका अध्यक्ष कुुमार पाण्डे र निर्मल प्रधान समेतलाई विपक्षी बनाई हालेको मुुद्दामा अदालतले उक्त आदेश दिएको हो ।
पौडेलले उच्च अदालतमा दायर गरेको पत्रमा भनिएको छ, ‘अनधिकृत काम/कारबाही बदर गरी सञ्चालक भई कार्य गर्न रोकी हदैसम्मको सजाय गरिपाऊँ भन्ने शीर्षकको मुुुद्दामा गत असार २१ गते भएको आदेश आफैँमा अस्पष्ट रहेको र सोको अक्षर र भावना स्पष्ट नहुँदा कम्पनीको काम कारबाहीमा समेत बाधा पुुग्न गएको हुँदा उक्त आदेशको व्याख्या भई स्पष्ट आदेश भई कम्पनी ऐन २०६४ अनुसार कम्पनी सञ्चालन गर्न यो निवेदन दिएका हौं ।’ उक्त आदेशमा कम्पनीको साधारणसभा आगामी ३१ गते हुुने सूचना समेत प्रकाशित भएकोमा साधारणसभा सम्पन्न गर्न गर्नुपर्ने कार्यबाहेकका कुुनै पनि कार्य नगर्न समेत भनिएको छ । आदेशमा मुुद्दाको टुुंगो नलागेसम्म वार्षिक साधारणसभाबाहेक कुुनै पनि कार्य नगर्न भनिएको छ । तर वर्तमान सञ्चालक तथा व्यवस्थापन समितिले भने यही साउन ३१ गते हुने वार्षिक साधारणसभामा हुुने चुुनावको आफ्नो पक्षका व्यक्तिहरुलाई सञ्चालक बनाउन तीव्र चलखेल गरेको छ ।
अहिले नेशनल हाइड्रो कुुमार पाण्डेको अध्यक्षतामा विश्वेश्वर प्रसाद सुुवेदी, प्रकाश रजौरे, रुद्र कुुमार श्रेष्ठ, शिवराम श्रेष्ठ, विकास लामासहितको छ सदस्यीय सञ्चालक समिति रहेको छ । यसअघि राम बहादुर तामाङ समेत सञ्चालक रहेकोमा उनीविरुद्ध अझै पनि अदालतमा मुुद्दा विचाराधीन रहेका करण सञ्चालक पदबाट उनको नाम हटेको हो । नेशनल हाइड्रो स्रोतले भने कम्पनीको वर्तमान सञ्चालक समितिले कोरम नै नपुगेको अवस्थामा पनि बैठक बसेर नियमविपरीत कार्य गर्ने गरेको आरोप लगाएको छ । यसअघि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले पनि नेशनल हाइड्रो कम्पनी भए पनि कम्पनीअनुसार नचलेको, वैध र अवैध दुुईवटा सञ्चालक समिति रहेको र कम्पनीका संस्थागत सुुशासनको पक्ष निकै नै कमजोर रहेको भन्दै सेयर कारोबार रोक्का गरिदिएको थियो ।
बोर्डले झण्डै २१ दिन नेशनल हाइड्रोको सेयर कारोबार रोक्का गरेको थियो । तर बोर्डले पनि कम्पनीले वार्षिक साधारणसभामा हुुने निर्वाचनले नयाँ सञ्चालक समिति गठन हुुने र उक्त समितिले नै कम्पनीको लागि सुधारात्मक कामहरु गर्ने भन्ने जानकारी पाएकै आधारमा कम्पनीको नियमित सेयर कारोबार खुल्ला गरेको थियो । आगामी वार्षिक साधारणसभापछि गठन हुुने सञ्चालक समितिमा पनि विवाद देखिए पुुनः कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी बोर्डले यसअघि नै दिइसकेको छ । आर्थिक दैनिकबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्