×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ शक्ति छोडेका दुई रामको माओवादी केन्द्रमा ‘इन्ट्री’, यस्तो छ राजनीतिक यात्रा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नयाँ शक्ति छोडेका दुई रामको माओवादी केन्द्रमा ‘इन्ट्री’, यस्तो छ राजनीतिक यात्रा

४ भाद्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नयाँ शक्तिका नेता रामचन्द्र झासहितको एक समूह माओवादी केन्द्रमा प्रवेश गरेको छ । आइतबार भएको पार्टी प्रवेशको कार्यक्रममा मधेशका अर्का नेता रामकुमार शर्मा पनि माओवादीमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेशका हिसाबले रामकुमार शर्माको यो नवौं पटक पार्टी परिवर्तन हो भने झाले अहिले माओवादी प्रवेश गरेर चौथो पटक पार्टी परिवर्तन गरेका हुन् । झा २०६९ चैत्र २४ मा एमालेबाट तत्कालिन एनेकपा (एमाओवादी) मा प्रवेश गरेका थिए । एमाओवादीमा झालाई अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
तर उनी एमाओवादीमा तीन वर्ष पनि टिक्न सकेनन् । बाबुराम भट्टराईको एमाओवादी पार्टी परित्यागअघि नै झाले एमाओवादी परित्याग गरेका थिए, पछि उनले भट्टराईलाई साथ दिएका हुन् । शर्माले एमालेहुँदै माओवादीमा सरिक भएर जनयुद्व लडेका थिए। माओवादी परित्याग गर्दै उनी जयकृष्ण गोइतले ०६१ मा जनतान्त्रिक तराई मुक्ति मोर्चामा गए । त्यसपछि उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गरे ।
पहिलो मधेश आन्दोलन सम्झौतामा टुङ्गिएपछि फोरम विभाजित भयो । उपाध्यक्ष भाग्यनाथ गुप्ता, किशोरकुमार विश्वास, जीतेन्द्र सोनल लगायतका नेताहरुले गुप्ताको नेतृत्वमा छुट्टै फोरम निर्माण गरे । शर्मा फेरि गुप्ता समूहतिर लागे । त्यसपछि महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका उनी पहिलो संविधानसभा निर्वाचनमा शर्मा महोत्तरी ४ बाट निर्वाचित भएका थिए ।
२०६६ साउन २३ मा तमलोपा परित्याग गर्दै एमाओवादीमा प्रवेश गरे । त्यसपछि उनीहरूले नयाँ शक्ति गठनमा भट्टराईलाई साथ दिए, तर भट्टराईले पनि लामो समय उनीहरूको साथ पाउन सकेनन् । नयाँ शक्ति परित्याग गरेका रामद्वय आइतबार उहि आफ्नो पुरानै पार्टी माओवादीमा फर्किएका छन् । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी