Skip to content
LAXMI SUNRISE BANK

एमालेसँग पार्टी एकता गर्ने तयारीमा नयाँशक्ति, गोप्य छलफलका लागि ओली निवास पुगिन् हिसिला

अर्थ सरोकार

नयाँ शक्ति नेपालले नेकपा एमालेसंग पार्टी एकता गर्ने तयारी थालेको छ ।
नयाँ शक्ति नेपालका नेता कार्यकर्ताहरु हुल नै बाँधेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरिरहेका बेला संयोजक बाबुराम भट्टराई पत्नी हिसिला यमी भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी छिन् ।
एमाले अध्यक्ष ओलीसँग यामीले पार्टी एकताको प्रस्ताव गरेकी थिइन । एमालेको राजनीतिक लाइन र बाबुराम भट्टराईको आर्थिक नीतिलाई मुल सिद्धान्त बनाए पार्टी एकता गर्न तयार भएको बताएकी थिइन । 
स्रोतका अनुसार पछिल्लो समय एमालेले लिएको राष्ट्रबादी लाइन ठिक भएको र बाबुरामले उठाएको आर्थिक समृद्धिको सिद्धान्त एकठाउँमा भए देश समृद्ध हुने भन्दै पार्टी एकताको प्रस्ताव गरेकी थिइन ।
हिसिलाले पार्टी एकताको प्रस्ताव गरेपछि ओलीले सकारात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो। उनले ‘छलफल गरौ कुरा मिल्यो भने भइहाल्छ नी’ भन्ने जवाफ दिएको ओली निकट स्रोतले बताएको छ ।
तर बालकोट जाँदा उनले नयाँ शक्तिका संयोजक तथा पति डा. बाबुराम भट्टराईसँग कुनै सल्लाह नगरेको बाबुराम निकट स्रोतले बताएको छ । बाबुराम एमालेको नीतिप्रति सहमत छैनन् । उनले एमालेलेलाई कम्यूनिष्ट र समाजबादी दुवै पार्टी मान्न सक्दैनन् ।
बाबुराम भट्टराई संघिय समाजबादी फोरमसँग सहकार्य गरेर जाने तयारीमै छन् । देवेन्द्र पौडेल, बामदेव क्षेत्रीले पार्टी छोडेर माओवादी केन्द्रमा पुगेपनि उनी संघिय समाजबादी फोरमसँगै पार्टी एकता गर्ने पक्षमा छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK