Skip to content
LAXMI SUNRISE BANK

देवेन्द्र पौडेल समूह अाज माओवादी केन्द्रमा प्रवेश गर्दै

अर्थ सरोकार

काठमाडौं – नयाँ शक्तिबाट विद्रोह गरेका देवेन्द्र पौडेलसहितका नेताहरु अाज माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । मंगलबार (अाज) दिउँसो ३ बजे पार्टी प्रवेश कार्यक्रम राखिएको छ । कोटेश्वरको गौरीशंकर पार्टी प्यालेसमा कार्यक्रम राखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराउने माओवादी केन्द्रले जनाएको छ । बिद्रोहपछि उनीहरुलाई पार्टी नीति र विचार विपरित गतिविधि गरेको भन्दै नयाँशक्ति पार्टीबाट निष्कासन गरको थियो ।

नयाँ शक्ति पार्टी नेपालले नेताहरु देवेन्द्र पौडेल, वामदेव क्षेत्री, मुक्ति प्रधान, महेन्द्र पासवान, पासाङ शेर्पा, कुमार पौडेल, शुसिला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, बाहीद्र अन्सारी, हरि चौलागाई, शर्मिला तामाङ, रत्न राना र रविन्द्र सुनुवार लगायतका १५ जनालाई पार्टी निष्काशन गरेको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK