- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा पछिल्ला केही दिन देखिको अविरल बर्षाका कारण देशको तराई क्षेत्र डुवानमा परेको छ । हजारौं घरपरिवार विस्थापित हुनुका साथै उनीहरुलाई उचित व्यबस्थापनका लागि ठूलो रकम आवश्यक पर्ने भएको छ । राष्ट संघको युवा सम्मेलनमा सहभागि हुन यति बेला अमेरिकाको न्यूयोर्कमा रहेको प्रतिनिधि मण्डलले राष्ट्र संघलाई सहयोगका लागि आग्रह गरेको हो । नेविसंघका अध्यक्ष नैनसिंह महरले सम्मेलनमा सहयोगका लागि प्रस्ताव गरेका छन् ।
नेपालमा बाढी र पहिरोमा परी ठूलो जनधनको क्षति भएको भन्दै सहयोगका लागि ने.वि. संघले संयुक्त राष्ट्र संघलाई आग्रह गरेको हो । हाम्रो देश भूकम्पको विनाशबाट तंग्रिन नपाउँदै अर्को ठूलो विपत्तिमा परेको छ, यतिबेला सिंगो देश पीडामा छ र जनता राहतको पर्खाईमा रहेको महरले बताएका छन् । अध्यक्ष महरले विश्वको जुनसुकै देशमा रहेपनि आफ्नो देशको पीडाले सबैलाई दुख्ने भन्दै एकजुट भएर बाढीपहिरो पीडितलाई सहयोग गर्न आग्रह गरेका हुन् । सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले एक हप्ता भित्र सहयोग जम्मा गरेर नेपाल पठाइने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्