
बिजुलीको महसुल लामो समयदेखि नतिर्नेहरुलाई कारवाही हुने भएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलेनेपाल विद्युत् प्राधिकरणलाई १० दिनभित्र बिजुलीको बक्यौता रकम उठाउन निर्देशन दिएपछी महसुल नबुझाउनेहरुलाई कारवाही हुने भएको हो । लामो समयसम्म महसुलको बक्यौता रकम नउठाउँदा प्राधिकरणले बर्सेनी घाटामा जानुपरेको भन्दै तत्काल बक्यौता उठाउन उनले निर्देशन दिएको बताइएको छ । महसुल नबुझाउनेहरुलाई फिल्मी शैलीमा आफैं गएर लाइन काट्ने तयारी उर्जामन्त्री र कुलमानको रहेको बुझिएको छ।
‘कुनै पनि संघसंस्था वा सरकारी कार्यालयले तिर्नुपर्ने रकम नतिरे लाइन काटिन्छ,’ शाहीले भने, ‘सिंहदरबार होस् या कुनै गाउँ, बक्यौता नतिर्नेको लाइन काटिन्छ ।’ मन्त्री शाहीले प्राधिकरणलाई पत्रमार्फत १० दिनभित्र सम्पूर्ण बक्यौता उठाइसक्न र त्यसो नगरे कारबाहीको भागिदार हुनुपर्ने निर्देशन दिएको छ । निर्देशन पाएपछि प्राधिकरणले बक्यौता बाँकी रहेका मन्त्रालय, विभाग तथा सम्पूर्ण कार्यालयहरूको लाइन काट्ने तयारी गरेको छ।
प्राधिकरण स्रोतले दिएको जानकारी अनुसार प्राधिकरणको हालसम्मको बक्यौता १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ रहेको छ । यो रकम उठ्ने हो भने प्राधिकरण सञ्चालन नाफामा जानेछ । तोकिएको समयसीमाभित्र बक्यौता रकम नबुझाउने या आनाकानी गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्