Skip to content
LAXMI SUNRISE BANK

यी हुन् पित्तल राखेर ‘सुनकर्जा’ दिने नेपाल बैंकका ठग कर्मचारीहरु (नामावाली सहित)

अर्थ सरोकार

पित्तललाई सुन भन्दै धीतो राखेर ‘सुनकर्जा’ दिने नेपाल बैंकका ११ जना कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो यस्तो गैरकानुनी काम गर्ने कर्मचारीहरुलाई पक्राउ गरेको हो । शुक्रबार दिउँसो ब्यूरोको टोली धरान पुुगेको थियो । पक्राउ पर्नेमा नेपाल बैंक लिमीटेड धरान शाखाका गोल्ड लोन म्यानेजर होम भट्टराईसहित ११ जना छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतका अनुसार बैंकको केन्द्रीय कार्यालयको उजुरीपछी उनीहरुलाई पक्राउ गरिएको हो । कमसल धीतो राखेर सुन कर्जा दिएको भन्दै उनीहरुमाथि प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाइने बताइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बैंकिङ कसुर गरी नेपाल बैंक लिमिटेडको धरान शाखालाई १५ करोड ५१ लाख रुपैयाँभन्दा धेरै नोक्सान पुर्याएको आरोपमा ११ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा त्रानेन्द्र पुरकुटी, सन्जित रसाइली, माधव रिसाल, सन्तोष रसाइली, सुनील विक, लालबहादुर विक, नेपाल बैंक लिमिटेडका निलम्बित खचान्जी होमबहादुर भट्टराई, तत्कालिन सहायक प्रबन्धकद्धय रामकिशोर मेहता र शंकर न्यौपाने, कर्मचारी सानुबाबु श्रेष्ठ र विराटनगर शाखाका प्रबन्धक पुष्पराज घिमिरे छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK