×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल र चीनबीच तीन वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर, के–के भयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल र चीनबीच तीन वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर, के–के भयो ?

३१ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ –  नेपाल र चीनबीच तीन वटा सम्झौता–समझदारी पत्रमा हस्ताक्षर भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । उक्त रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ ।
यस्तै, हिमाल, पहाड र तराईमा पेट्रोलियम, ग्यास तथा खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । त्यसका लागि समयावधि तोकिएको छैन । सोही अवसरमा नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । त्यसमा कृषिको आधुनिकीकरणलगायत विषय समेटिएका छन् ।
पूर्वाधार निर्माणको पाटो चिनियाँ लगानी आउने भएको छ । सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना छ । नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा तथा नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको उपस्थिति थियो ।
हस्ताक्षर समारोहअघि भएको द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । चिनियाँ पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ । सोही कारण अनुदान सहायता अरनिको राजमार्गको स्तरोन्नतीका लागि खर्च गर्ने सहमति जुटेको हो । त्यस क्रममा नेपालले चीनसँग पूर्वाधार निर्माणको पाटोमा सहयोगको दायरा फराकिलो बनाउन आग्रह गरेको थियो । चिनियाँ पक्षले त्यसमा पनि सकारात्मक प्रतिक्रिया जनाएको छ । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी