काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सभापति रहेको नेपाली कांग्रेसले अझै निर्वाचन आयोगमा दल दर्ता गरेको छैन । ११ भदौ आइतवारसम्म निर्वाचन आयोगले दल दर्ताको समय दिएको छ । आयोगले दिएको समय सकिन एक दिन बाँकी हुँदा कांग्रेस लगायत प्रभावशाली आधा दर्जन दलहरु दर्ता भएका छैनन् ।
निर्वाचन आयोगमा नेकपा एमाले, नेकपा माओवादी केन्द्रले दल दर्ता गरिसकेका छन् । तर नेपाली कांग्रेस, कमल थापाले नेतृत्व गरेको राप्रपा, पशुपति शम्शेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक, बिजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक, उपेन्द्र यादवले नेतृत्व गरेको संघिय समाजवादी फोरम र राजपा अझै दर्ता भएका छैनन् ।
आइतवार दल दर्ताको अन्तिम दिन भएका कारण सवै दल आयोगमा पुग्ने भएका छन् । नेपाली कांग्रेस आज निर्वाचन आयोगमा दर्ता हुने नेता बालकृष्ण खाँडले बताए । प्रदेश र केन्द्रको निर्वाचनका लागि आयोगले दल दर्ता गर्न आग्रह गरेको थियो ।
शुक्रवारसम्म ६४ दल आयोगमा दर्ता भइसकेका छन् । भने, आज झण्डै १० दल दर्ता हुने भएका छन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्