काठमाडौँ – ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका छन् । देशैभरीका प्रत्येक जिल्लाबाट महाधिवेशनमा भाग लिनका लागि राजधानीमा भेला भएपछी लागि प्रतिनिधिहरु महाधिवेशनको माहोल तातेको देख्न थालिएको छ।
आइतबारदेखि ३ दिनसम्म चल्ने महाधिवेशनमा देशभरीका एकहजार पाँचसय प्रतिनिधिहरु सहभागी हुँदैछन्। करिब दशहजार पत्रकारहरु आबद्ध रहेको महासंघमा तीनै प्रतिनिधिहरुले मतदान गरी महासंघको नयाँ नेतृत्व चयन हुनेछ।
यसपटकको महाधिवेशनमा पहिलोपटक संघीय संरचनाअनुसार नयाँ नेतृत्व चयन गरिंदै छ,जसअनुसार अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति सदस्यहरु निर्वाचित हुनेछन्। साथै यसपटक सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएटमा समेत नयाँ नेतृत्व आउनेछ ।
२५ औं महाधिवेशनमा महासंघको नेतृत्वका लागि वर्तमान सत्ता समीकरणका दलहरु नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ। जसमा अध्यक्षका लागि प्रेस सेन्टरबाट गोबिन्द आचार्य र प्रतीपक्षी एमालेनिकट प्रेस चौतारीबाट तीर्थ कोइरालालाइ अगाडी सारिएको छ।प्रेस चौतारीलाई नयाँ शक्तिलगायत साना संगठनको समर्थन रहेको छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्