
नेप्सेको महाप्रबन्धक पदका लागि १३ जनाको आवेदन परेको छ । यसअघिका जीएम सीताराम थपलियासहित १३ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा मनोज ज्ञवाली, नरेन्द्र अग्रवाल, प्रविण कुमार भट्टराइ, चन्द्र सावद लगायत छन् । दुइ जना नेप्सेकै कर्मचारीले समेत महाप्रबन्धक पदका लागि आवेदन दिएका छन् ।
यसअघि सीताराम थपलियाले नेप्सेको महाप्रबन्धक पदमा आफु नउठ्ने बताएका थिए भने थपलिया उक्त पदका लागि ३ करोड बुझाउन तयार भएको चर्चा समेत चलेको थियो । उक्त चर्चालाई उनले नकार्दै आएका थिए । तर अन्तिम समयमा आएर उनले नेप्सेको महाप्रवन्धक पदका लागि आफ्नो उम्मेद्वारी दिएका छन् । यता नाम चलेका पर्वत कार्कीले भने उम्मेद्वारी दिएनन् ।
नेप्सेको महा प्रबन्धक पदका लागि आवेदन दिनेहरुको नाम यस प्रकार छ :
१. मनोज ज्ञवाली
२. नरेन्द्र कुमार अग्रवाल
३. चन्द्र सिंह सावद
४. प्रविण पण्डक (नेप्सेका कर्मचारी)
५. प्रमोद राज शर्मा
६. भोला पाण्डे
७.सीताराम थपलिया (यसअघिका महाप्रबन्धक)
८.सरोज टन्डन
९.तारानाथ भट्टराइ
१०.सुशील कुमार अर्याल
११. श्री प्रसाद पौडेल
१२. हेमन्त बस्याल
१३.निरज्न्य फुयाँल (नेप्सेका कर्मचारी)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्