
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको स्वरूप भूकम्पका कारण बिग्रेको थियो । धरहरा लामो समयपछि प्राचीन स्वरूप झल्किने गरी पुनःनिर्माण गर्ने सहमति भएको छ । धरहरा पुनःनिर्माण गर्ने सहमति राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमबार बसेको सरोकारवाला निकायसहितको बैठकमा प्रास्वरूपधिकरण, पुरातत्व विभाग, नेपाल टेलिकम र मेरो धरहरा म बनाउँछु अभियानको संयुक्त पहलमा भएको हो। बिश्वकै पहिचानका रूपमा रहेको धरहरा पुनःनिर्माणलाई तीव्रता दिएर अबको तीन वर्षभित्रमा सम्पन्न गर्न बैठकमा प्रमुख कार्यकारी अधिकृत डा.पोखरेलले जोड दिएका थिए।
धरहरा पुनःनिर्माणका लागि करिब आठ अर्ब रुपियाँ लागत अनुमान गरिएको थियो । अहिलेसम्म मेरो धरहरा म बनाउँछु अभियानले राष्ट्रिय वाणिज्य बैङ्कको थापाथली शाखामा करिब नौ करोड रुपियाँ जम्मा भइसकेको छ। प्राधिकरणले उक्त शाखामा रकम जम्मा हुने क्रम निरन्तर चलेको बताएका छन् । २०७२ सालको भूकम्पले पूर्णरूपमा भत्किएको धरहरा पुनःनिर्माणका लागि मेरो धरहरा म बनाउँछु अभियान सुरु गरेर रकम सङ्कलन गरिएको थियो। नेपाल टेलिकमले धरहरा पुनःनिर्माणमा चासो देखाए पनि ठोस रूपमा प्रक्रिया अघि बढ्न सकेको थिएन। महानगरपालिका, पुरातत्व विभाग, नेपाल टेलिकमलगायत निकायबीच आवश्यक समन्वय नभएपछि प्राधिकरणले धरहरा पुनःनिर्माणलाई प्राथमिकता दिन सरोकारवाला निकायलाई ताकेता गरेको थियो।
प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीले प्राधिकरणले बोलाएको बैठकमा नेपाल टेलिकम, पुरातत्व विभाग, पर्यटन मन्त्रालय र महानरपालिकाका पराजुलीले विभिन्न निकायबीचको खिचातानीका कारण धरहरा पुनःनिर्माणमा ठोस प्रगति नभएको भन्दै अब यसलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको बताए। उनले भने आगामी आइतबार बस्ने बैठकमा अब बन्ने धरहराको थ्रीडी मोडल नेपाल टेलिकमले प्रस्तुत गर्ने र पुनःनिर्माणको काम अघि बढ्ने बताए ।
धरहरा पुनःनिर्माणको लागि गोश्वारा हुलाक कार्यालय, टक्सार विभागको जग्गा र सुन्धारासमेतलाई समेटेर ४२ रोपनी जग्गा व्यवस्था गरिने योजना छ। विक्रम संवत् १९८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झना स्वरूप उक्त धरहरा निर्माण गर्न लगाएका थिए। विक्रम संवत् १९९० को भूकम्पले क्षति पुगेपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेर राणाले धरहरालाई पुनःनिर्माण गराएका थिए।त्यसपछि फेरी २०७२ सालको भूकम्पका कारण ऐतिहासिक उक्त धरहरा पूर्ण रूपमा भत्किएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्