
काठमाडौं – विदेश जाने नेपालीलाई सहज होस् भन्ने उद्देश्यका साथ एनआइसि एशिया बैंकले सहज रुपमा डलर सटही सुविधा दिने भएको छ । डलर सटहीमा समस्या भएपछि नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकलाई डलर आयात गर्न पाउने सुविधा गरेको थियो । राष्ट्र बैंकले दिएको त्यहि सुविधाको प्रयोग गर्दै एनआइसी एशियाले नेपालमै पहिलोपटक डलर आयात गरेको हो । लर सटहि सुविधा दिन बैंकले विदेशबाट नगद डलरको आयात गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले जानकारी दिए।
नेपाल राष्ट्र बैकले विदेश जाने नेपालीका लागि साढे दुई हजार डलरसम्मको सटही सुविधा दिएको छ । बैंकले हालका लागि काठमाडौं भित्रका ३२ वटै शाखा कार्यालयबाट यो सुविधा पाउने जानकारी दिएको छ । एनआइसि एशियाको त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजारमा शाखा छ।
बैंकले दिएको जानकारी अनुसार न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, किर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटारमा पनि शाखा छन् । बैंकले उपत्यका बाहिरका शाखा कार्यालयहरु विराटनगर, वीरगंज, धरान, पोखरा, नेपालगंज, नारायणगढ, बुटवलबाट पनि डलर सटही सुविधा दिने जानकारी दिएको छ। साथै, बैंकले विदेश जाने नेपालीलाई भिजाको अन्तराष्ट्रिय डेबिट कार्डमार्फत समेत अमेरिकी डलरको सटही सुविधा प्रदान गर्दै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्