Skip to content
LAXMI SUNRISE BANK

भदौ १ गतेभित्रै प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगको आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  –  प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको मिति तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माको अनुसार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव तथा आयुक्तहरु आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री देउवासँग भेट गरी आगामी मंसिर पहिलो हप्तामा निर्वाचन गर्ने गरी भदौ १ गतेभित्रै प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह गरेको बताएका छन् ।    

उनीहरुले प्रधानमन्त्री देउवालाई पुनः स्मरणका लागि  निर्वाचनको लागि आवश्यक पर्ने कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आयोगलाई प्राप्त हुनुपर्नेमा पनि जानकारी गराएका  थिए । प्रधानमन्त्री देउवाले सोहि अवसरमा बुधबार मुख्य तीन दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति गर्ने र सहमतिअनुसार अगाडि बढ्ने जानकारी दिएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK