Skip to content
LAXMI SUNRISE BANK

२४ हजार बुझाउँदा १० लाख भुक्तानी, मृत्यु भएको २४ घण्टामै नेपाल लाइफले भुक्तानी दियो

अर्थ सरोकार

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बर्षका कारण गएको पहिरोमा परि मृत्यु भएकी दुर्गाकुमारी खड्काको परिवारलाई जीवन बीमाको दावी भुक्तानी गरेको छ।
कम्पनीले खड्काको परिवारलाई १० लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो। खड्काको निधन साउन २८ गते भएको थियो। २४ घण्टा पनि नबित्तै कम्पनीले दावी रकम भुक्तानी गरेको हो । 
दावी रकम कम्पनीका सहायक प्रबन्धक विरोध भट्टले मृतकका श्रमान् उदयवहादुर खड्कालाई उपलब्ध गराएका हुन्। बीमितले पाँच लाख विमाङ्कमा २४ हजार ३०४ रुपैयाँ मात्र बीमा शुल्क बुझाएका थिए। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK