
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एनएमबी बैंकले राष्ट्र बैंकको ‘सर्कुलर’ नमान्दा ग्राहकहरुले सास्ती बेहोर्न बाध्य भएका छन् । यसअघि जारी भएको सर्कुलरमा अर्काको खातामा पैसा जम्मा गर्दा अनिवार्य परिचयपत्र देखाउनुपर्ने नियमलाई उल्टाएर एक लाखभन्दा कम रकम अरुको खातामा जम्मा गर्दा परिचयपत्र देखाउनु नपर्ने सर्कुलर आइतबारनै राष्ट्र बैंकले सम्पूर्ण बैंकहरुलाई जारी गरेको भएपनि एनएमबी बैंकले राष्ट्र बैंकको यो सर्कुलर नमान्दा ग्राहकहरुले सास्ती भोगेका छन् । एक लाख रुपैयाँभन्दा कम रकम अरुको खातामा जम्मा गर्दा परिचयपत्र नचाहिने गरी राष्ट्र बैंकले सर्कुलर जारी गरेको खबर पढेर बैंकमा अर्काको खातामा जम्मा ४००० रुपैयाँ जम्मा गर्न गएकी एक ग्राहकलाई बैंकका कर्मचारीले आफुलाई सर्कुलरबारे थाहा नभएको बताएपछी एनएमबी बैंकले यसरी राष्ट्र बैंकको सर्कुलर नमान्ने गरेको खुलासा भएको हो ।
जव ग्राहकले अर्थ सरोकारको कार्यालयमा खबर गरे…
राष्ट्र बैंकले जारी गरेको पछिल्लो सर्कुलरबारे खबर पढेर आफ्नी एक साथीको खातामा ४००० रुपैयाँ डिपोजिट गर्न गएकी कोटेश्वर निवासी एक सेवाग्राहीलाई बैंकले डिपोजिट लिन नमानेपछी उनले अर्थ सरोकारको कार्यालयमा खबर गरी एनएमबी बैंकको रबैयाबारे जानकारी दिएको थिईन् । जवाफमा अर्थ सरोकारकर्मीले एनएमबी बैंकका कर्मचारीलाई फोनमा के भएको हो भनी बुझ्दा बैंकका कर्मचारीले आफुलाई सर्कुलरबारे थाहा नभएको र माथिको आदेश अनुसार परिचयपत्र देखाउनुपर्ने दावी गरे । ‘कि तपाईंहरुले गलत खबर प्रकाशन गर्नुभयो, कि बैंकले दादागिरी गर्यो, कुरा के हो ? साथीलाई पैसा पठाउन अर्जेन्ट छ, परिचयपत्र आवश्यक छैन भन्ने अर्थ सरोकारको समाचार पढेर आएको, अव गाह्रो पर्यो ।’ पीडीत ग्राहकले अर्थ सरोकार डटकमसँग भनिन्।
एनएमबीका कर्मचारी भन्छन्, ‘माथिको आदेश यस्तै छ’
अर्थ सरोकारसँग टेलिफोनमा कुरा गर्दै एनएमबी बैंकको प्रधान कार्यालय बबरमहलको काउन्टरमा बसेका एक कर्मचारीले आफुलाई सर्कुलरको बारेमा केहि पनि थाहा नभएको र माथिको आदेश परिचयपत्र विना डिपोजिट नलिनु भन्ने रहेको दावी गरेका छन् । ‘हामीलाई त केहि पनि थाहा छैन । राष्ट्र बैंकले कस्तो सर्कुलर के भनेर जारी गरेको छ, त्यो पनि थाहा छैन । आधिकारिक रुपमा जारी गरेको छैन होला ।’ ती कर्मचारीले भने । जवाफमा अर्थ सरोकारकर्मीले राष्ट्र बैंकको सर्कुलर आइतबारनै आएकाले सोमबार दिउँसो झन्डै १२:३० बजेसम्म थाहा कसरी भएन त ? भन्ने प्रश्न गर्दा ती कर्मचारीले भने, ‘हामीलाई केहि पनि थाहा छैन सर ! माथिको आदेश यस्तै छ । जति रुपैयाँ भएपनि परिचयपत्र चाहिन्छ ।’ (उनीसंगको टेलिफोनवार्ता अर्थ सरोकार डटकमसँग सुरक्षित छ। )
यस्तो छ राष्ट्र बैंकले आइतबार जारी गरेको सर्कुलरको अंश

बैंकका चिफ बिजनेश अफिसर भन्छन्, ‘कर्मचारीलाई जानकारी दिनै पाएको छैन’
यता बैंकका चिफ बिजनेश अफिसर सुदेश उपाध्यायले भने राष्ट्र बैंकको सर्कुलर आएको भएपनि यसबारे कर्मचारीलाई थाहा नै दिन नपाएको बताएका छन् । ‘तपाईंले खबर गरेपछि मात्र यस बारेमा होस् आयो । कर्मचारीहरुलाई खबर नै गर्न पाएको छैन । म तुरुन्त खबर गरेर तपाईंलाई पनि खबर गर्छु । कसको पैसा डिपोजिट नभएको हो, पठाईदिनुहोस्, म डिपोजिट गर्न लगाईदिन्छु ।’ राष्ट्र बैंकको सर्कुलर नै ढिलोगरी आएको दावी गर्दै उनले भने, ‘राष्ट्र बैंकको सर्कुलर आएको हो । तर कर्मचारीलाई जानकारी दिने बारे बैठकपनि बसेको छैन । तुरुन्त के भएको हो बुझेर जानकारी गराउंछु ।’
राष्ट्र बैंक भन्छ, ‘सर्कुलर आइतबार जारी भएको हो, सोमबार ‘फर्ष्ट आओरमै लाग्नु हुनुपर्थ्यो’
यता हामीले यसबारे बुझ्दा राष्ट्र बैंकका कर्मचारीले भने आइतबार जारी भएको सर्कुलर सोमबारदेखि नै जारी हुनुपर्ने बताएका छन् । ‘आइतबार जारी भएको हो सर्कुलर । सोमबार फर्ष्ट आओरमै यो नियम लागु भइसक्नु पर्थ्यो । एनएमबी बैंकमा यस्तो भएको भन्ने ग्राहकको उजुरी परे यस विषयमा छानविन हुन्छ । राष्ट्र बैंकको सर्कुलर बैंकले अक्षरस पालना गर्ने पर्छ ।’ राष्ट्र बैंकका एक कर्मचारीले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्