×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब बैंक खाता बन्द गर्न पनि पैसा लाग्ने !

PRIME CA
GLOBAL IME BANK

अब बैंक खाता बन्द गर्न पनि पैसा लाग्ने !

३१ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – खाता खोलेको ६ महिनाभित्र खाता बन्द गर्दा शुल्क तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका जारी गर्दै बैंक खाता सम्बन्धी यस्तो व्यवस्था गरेको हो । भोलिदेखि नै लागु हुने गरी जारी भएको निर्देशिका अनुसार बैंकहरुको मागको सुनुवाई गर्दै राष्ट बैंकले बैंक खाता खोलेको ६ महिनाभित्र खाता बन्द गर्दा बैंकले शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।
यसका साथै कुनै एक अवधिको स्टेटमेन्ट एकपटकभन्दा बढी माग गरेको अवस्थामा समेत शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा लिएका नीतिहरु एकीकृत निर्देशिकामार्फत् कार्यान्वयनमा लाने गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: