काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकार पतन गराउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ रहस्य खोलेका छन् ।
खासमा भारतको दबाबमा प्रचण्डले अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओली सरकार अल्पमतमा परेको थियो । त्यो भन्दा पनि गाँठी कुरोचाहीँ एमालेका नेताहरूले नै आफूलाई त्यसको गर्न उचालेको प्रचण्डले खुलाए ।
माओवादीका पत्रकार भेला पारेर उनले माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौमतले ओलीलाई पतन गराउन प्रस्ताव गरेको बताए । ‘यता माओवादीलाई पेल्ने, कमल थापालाई च्याप्ने, माओवादीको साझेदारी भुलेर विजयकुमार गच्छादारलाई महत्व दिने भएपछि सहीनसक्नु भयो र मैले अविश्वासको प्रस्ताव दाखिल गरिदिएँ’, पेरिसडाँडामा उनले खुलाए, ‘कांग्रेससँग सहकार्य गर्ने बाध्यता आइलाग्यो र शेरबहादुरसँग हात मिलाउन परेको हो । ’
तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले बारम्बार आफूलाई धम्की दिइरहेको बेला ओलीलाई भनेर कारवाहीको प्रक्रिया अघि बढाउन खोज्दा नमानेको उल्लेख गर्दै प्रचण्डले पछि एमालेले नै कारवाहीका लागि प्रस्ताव गर्नुपर्ने समय आएको जनाए ।
‘भरोसा र विश्वास गर्ने आधार ओली होइनन् भन्ने थाहा पाइयो र छाडियो । राष्ट्रवादी नाममा मनपरी गर्ने मान्छे हुन् ओली !’, उनलाई उदृत गर्दै स्रोतले भन्यो,‘आफु एउटा कुरा लिएर गयो, अर्को काम गरिदिने चरित्रले हैरान नै बनाएका थिए । ’
कांग्रेस र माओवादी शान्ति प्रक्रियाको दुई कित्ता भएका कारणले सहकार्यमा जानुपरेको बताएका उनले एमालेको कुनै भुमिका नभएरै उसलाई छाडेको बताए । उनले चुनावमा एमाले अगाडी आएपछि जनता गुमराहमा रहेको बताए ।
धेरे समय ओलीको आलोचना गरेका उनले भारतको सहयोगमा नै ओलीलाई सत्ताच्युत गरेको पनि खुलाए । ‘भारतसँग लडेर झगडा गरेर हामी कहिले माथि नपुग्ने निष्कर्श सवैले निकाल्छन् । ओलीले सहनै नसक्नेगरी भारतविरोधी अभियान थाले, मधेसको विरोधमा बोल्न थाले । त्यस्तो समिकरणमा बसेर माओवादी पनि सिध्निे अवस्था आउने भयो भनेर हामीले समिकरण परिवर्तन गरेकै हो । ’, उनले भने । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्