
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा भारतीय दूतावासले राखेको रात्रिकालिन भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।
भारतीय विदेशमन्त्री स्वराज बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउने भएपछि भारतीय राजदूत मञ्जिव सिंहले एक साताअघि ओली र दाहाललाई निम्तो दिएका थिए । ओली निवास बालकोट र प्रचण्ड निवास लाजिम्पाट पुगेर राजदूत सिंहले निम्तो दिएपनि दुवै नेता सहभागि नहुँने भएका छन् ।
शुक्रवार साँझ भारतीय दूतावासले स्वराजको सम्मानमा रात्रिकालिन भोज राखेको छ । भोजमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, दलका नेताहरुलाई बोलाइएको छ । तर एमाले र माओवादीको दुई प्रमुख नेता भने अनुपस्थित रहने भएका छन् ।
ओली आज शुक्रवार नै पोखरा हुँदै मुस्ताङ जाने तयारीमा छन् । मुस्ताङमा तीन दिन बस्ने उनको योजना रहेको छ । ‘यो पहिले नै निर्धारण गरिएको कार्यक्रम हो’ ओली निकट स्रोतले भन्यो । उता दाहाल पनि आजै राजधानी बाहिर जान लागेका छन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्