
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पूर्व युवराज पारस शाह निर्मल निवासमा एक्लै बस्ने भएका छन । उनका बुबा पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार थाइल्याण्ड जाँदै छन् । ज्ञानेन्द्र थाई एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जाने उनको पारिवारिक स्रोतले जानकारी दिएका हुन् । पूर्वरानी कोमल र केही सहयोगी उनका साथमा थाइल्याण्ड जाने भएका छन ।
छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कीर्तिकालाई लिएर पूर्व युवराज्ञी हिमानी यसअघि नैथाईल्याण्ड गइसकेकी छिन् । उनीहरु प्राय बिदा बनाउन थाइल्याण्ड जाने गरेको निर्मल निवास स्रोत जनाएको छ ।
सब परिवार थाइल्याण्ड गए पनि पूर्व युवराज पारस भने निर्मल निवासमा नै छन् । पारस थाइल्याण्ड नजानुको मुख्य कारण उनलाइ अझ पूर्ण रुपमा निको नहुनाले हो । तर पहिलेको पारसको क्रियाकलापका कारण पूर्व राजपरिवारले पारसलाई त्यति ख्याल नगरेको भएता पनि अहिले भने परिवारसंग सम्बन्ध राम्रो हुदै गएको स्रोतले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्