
नेपाल पत्रकार महासंघको सोमबार भएको निर्वाचनमा गोबिन्द आचार्य प्यानलसहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दी तिर्थ कोइराला र उजिर मगरलाई हराउँदै उनी निर्वाचित भएका हुन् । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आएको छ भने पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।
प्रेस चौतारीका तीर्थ कोइराला झण्डै एक सय मत अन्तरले हारेका छन् ।
यस्तै महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए । यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् ।
यी हुन् प्रदेशबाट निर्वाचित भएकाहरु
प्रदेश नम्बर १
सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)
प्रदेश नम्बर २
देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)
प्रदेश नम्बर ३
द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)
प्रदेश नम्बर ४
रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)
प्रदेश नम्बर ५
बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)
प्रदेश नम्बर ६
कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)
प्रदेश नम्बर ७
मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।
काठमाडौं उपत्यका
लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)
प्रतिष्ठान तर्फ
टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्