
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आतंकवादका सबै रुपका प्रकटीकरणलाई नेपालले स्पष्ट रुपमा निन्दा गर्ने बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १५ औँ मन्त्रीस्तरीय बैठकको बिहीबार उद्घाटन गर्दै देउवाले असल प्रजातान्त्रिक छिमेकी मुलुकमा आतंकवाद अत्यतै ठूलो चुनौतीको विषय बनेको बताउनुभयो।
समानता र सहकार्यको मर्मलाई आत्मसाथ गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बिमस्टेकका आदर्श र उद्देश्यप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउँदै देउवाले भन्नुभयो, ‘बिमस्टेक मुलुकका जनतासँग हामी वाचा गरौँ कि क्षेत्रीय सहयोगको ढाँचा र यसका प्रमुख विषयमा समझदारी कायम गर्दै व्यापार, लगानी, सम्पर्क विस्तार जस्ता सबै क्षेत्रमा निर्णयमा पुगौँ र ऊर्जा, प्रविधि स्रोत र जलवायु परिवर्तनसम्बन्धी बाँकी रहेका कार्यलाई पूर्णरुपमा कार्यान्वयनमा लैजाऔँ ।’
बिमस्टेक स्थापनाको २० औँ वार्षिकोत्सवका सन्दर्भमा यो अवसरलाई परिवर्तनको विन्दुका रुपमा लिँदै बिमस्टेकको इतिहासलाई गतिशील तुल्याउन जरुरी भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले साझा प्रतिबद्धता र सहकार्यका निम्ति अग्रसर हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकासका निम्ति दूरदृष्टियुक्त कार्ययोजना चाहिन्छ । हामी अवसर र चुनौती जटिलता र विरोधाभाषको युगमा छौँ, हाम्रा साझा उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति सहयोग, साझेदारी र सहकार्यको मार्गमा गम्भीर रुपमा लाग्नुपर्छ ।’
आर्थिक वृद्धि र समृद्धिको मार्गमा गरिबी भीषण चुनौतीका रुपमा रहेको बताउँदै उहाँले बिमस्टेक क्षेत्रका जनताको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि सबैले सामूहिक एवं निर्णायक रुपमा काम गर्नुपर्ने औँल्याउनुभयो । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्