काठमाडौँ – यही भदौ ७ देखि ११ गतेसम्म भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण कार्यतालिका सार्वजनिक भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा भारत जान लागेका देउवाको भ्रमण कार्यतालिका परराष्ट्र मन्त्रालयले सोमबार बिहान एक प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गरेको हो ।
देउवाको भ्रमण टोलीमा पत्नी आरजु सहित उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अरु मन्त्री, सांसद, निजी सचिवलायका कर्मचारी र सरकारका अन्य उच्च पदस्थ अधिकारीहरु पनि सहभागी हुने कार्यक्रम रहने बताइएको छ । भ्रमण अवधिभर प्रधानमन्त्री राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्नेछन।
८ गते राष्ट्रपति भवनमा दिइने ‘गार्ड अफ अर्नर’ मा सहभागी भएर प्रधानमन्त्री राजघाट स्थित माहात्मा गान्धीको समाधि स्थलमा गइ अन्तिम श्रद्धान्जली व्यक्त गर्नेछन।भारतीय समकक्षी नरेन्द्र मोदीसंग औपचारिक भेटघाट गर्ने उनले त्यहाँका राष्ट्रपति र उपप्रधानमन्त्रीसंग पनि छुट्टाछुट्टै भेटघाट गर्नेछन ।
त्यस्तै देउवासँग भारतका केही वरिष्ठ मन्त्रीहरुले पनि भेटघाट गर्ने कार्यक्रम छ । मोदीले देउवाको सम्मानमा लन्च दिनेछन्।नेपाली दुतावासले देउवाको सम्मानमा आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागि हुने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।
भारत रहँदा आन्ध्र प्रदेश,तेलंगाना र बिहारको भ्रमण गर्ने देउवाले देउवाले त्यहाँका बुद्धिजिवी र व्यापारीसँग अन्तरक्रिया गरी भाद्र ११ मा स्वदेश फर्किनेछन्। – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्