काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाने तयारी गरिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तालाई होइन राष्ट्रलाई उच्च प्राथमिकता दिन शिर्ष दलका नेताहरुलाई आग्रह गरेकी छिन् । ‘सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध/तटबन्धका कारण बर्षेनी तराई÷मधेसका भूभाग डुबानमा परिरहेका छन्, जनताले दुःख कष्ट भोगिरहेका छन्’ राष्ट्रपति भण्डारीले भनिन् ‘यो बिषयमा भारतसँग कुरा गर्न तपाईहरु किन डराउनुहुन्छ ?’
शनिवार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र बामदेव गौतम, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई सितल निवास बोलाएकी थिइन । शिर्ष नेताहरुलाई राष्ट्रपति भण्डारीले भनिन् ‘बाढी आउँछ, जनताले दुःख पाउँछन्, राहत बाँडेर बस्नुपर्ने बाध्यता छ । डुबान समस्याबारे भारतसँग कुरा गर्न तथ्यसहित प्रक्रियामा जानुहोस् ।’
तराईको डुबान तथा पहिरो गएको क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेकी थिइन । ‘बर्सेनि भोग्नुपर्ने प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्यो’, राष्ट्रपति भण्डारीले शिर्ष नेताहरुलाई आग्रह गरिन ।
उनले सरकार परिवर्तनसँगै परराष्ट्रनीति परिवर्तन हुने खराव राजनीतिका कारण नेपाल बिश्वमाझ शिर झुकाउन बाध्य भएको बताएकी थिइन । राष्ट्रिय हित हुन सक्ने साझा पररारष्ट्र नीति अवलम्बन गर्न उनले सुझाव दिएकी छन् । ‘तपार्इंहरूलाई म आग्रह गर्छु, सरकार परिवर्तनसँगै अलग्गै पराराष्ट्र नीति अवलम्बन होइन, साझा राष्ट्रिय पररराष्ट्र नीति अवलम्बन गर्नु अपरिहार्य छ ।’ – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्