काठमाडौँ-नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जलदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट भरतबहादुर खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
इलाम जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता ४.९६ मेगावाट छ । सम्झौतानुसार हिउँदमा रु ८.४० र वर्षाकालमा रु ४.८० प्रतियुनिटका दरले प्राधिकरणले विद्युत् खरिद गर्नेछ । आयोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ ।
प्रतिमेगावाट रु १८ करोड लागत रहेको उक्त आयोजनाको कुल लागत रु ९० करोड रहने छ । रु तीस करोड शेयर लगानी र बाँकी रु ६० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणबाट ऋण लिइने छ ।आगामी एक वर्षभित्र ५० प्रतिशत निर्माण गरी स्थानीय बासिन्दा र नागरिकका लागि शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्ने लक्ष्य राखिएको प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक भरतबहादुर खत्रीले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्