Skip to content
LAXMI SUNRISE BANK

अर्काे पटक आउँदा माधव नेपालीजी जस्तै मैथलीमा भाषण गर्छु

अर्थ सरोकार

काठमाडौं – प्रदेश नम्वर २ को स्थानीय निर्वाचनमा आ आफ्नो पार्टीलाई जिताउन एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि मैदानमा उत्रेका छन् । उनी दुवैजनाले तराई क्षेत्रमा मैथली र भोजपुरमा भाषण गर्ने गरेका छन् । नेपाल र निधिले स्थानीय भाषा मैथलीमा भाषण गर्न थालेपछि चुनावी मैदानमा खट्टिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि हौसिएका छन् ।
‘मैले यसपटक मैथलीमा भाषण गर्न सकिँन, लेखेर पनि के भाषण गर्नु ?, मेरो तपाईहरुसँग प्रतिवद्धता भयो, माधव नेपालीजीजस्तै म पनि अर्काे पटक आउँदा मैथलीमै भाषण गर्छु’ बुधबार सर्लाहीको चक्रघट्टामा माओवादी केन्द्रका अध्यक्ष दाहालले भने ‘मेरो मैथली भाषाप्रति निकै ठुलो सद्भाव छ, अर्काे पटक मैथली सिकेर मैथलीमै भाषण गर्छु ।’
नेपाल र निधि तराई बासी हुन् । उनीहरु सजिलै मैथली र भोजपुरी भाषा बोल्न सक्छन् । सवैले बुझ्ने स्थानीय भाषा प्रयोग गर्दा नेता र नागरिक दुवैलाई सजिलो पनि भएको छ । तर नेपाल, निधि जस्तै चुनावी मैदानमा उत्रेका दाहाललाई भने मैथली भोजपुर भाषा आउँदैन । मैथली सिक्न आफुले सुरु गरिसकेको बताए ।
मधेसी मतदातालाई प्रभाव पार्न दाहालले मथैली भाषाको कुरा मात्र उठाएनन् । मधेसको अधिकारका लागि आफुले वान टु वान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बार्ता गरेको बताए । ‘कतिपयले मधेसबासीलाई नेपाली नै भन्न रुचाउँदैनन, मेरो लडाई उनीहरुसँग छ’ दहालले भने ‘मधेसका लागि मैले लडे, अझै लड्छु र अधिकार दिलाएरै छाड्छु ।’ – एस काठमाडौँ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK