×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेश्रो प्रधानमन्त्री बन्ने बिश्वासका साथ प्रचण्डले भने जसले हाम्रो एजेण्डा स्वीकार गर्छ उसैसँग सहकार्य गछौ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तेश्रो प्रधानमन्त्री बन्ने बिश्वासका साथ प्रचण्डले भने जसले हाम्रो एजेण्डा स्वीकार गर्छ उसैसँग सहकार्य गछौ

Artha Sarokar

२५ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – मंगलबार ३ नम्वर प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासाझेदार दलसँग पहिले कार्यकारी राष्टपतिका बारेमा छलफल गर्ने बताएका छन् । म प्रधानमन्त्री देउवाजीलाई भन्छु प्रत्यक्ष निर्वाचित कार्यकारीलाई तपाईंहरुले स्वीकार्नु भयो भने सरकार निरन्तर हुन्छ, नत्र स्वीकार्ने खोज्छौ भन्छौं । जसले हाम्रो एजेण्डा स्वीकार गर्छ उसैसँग सहकार्य गछौ  – उनले थपे ।
प्रचण्डले भने – कार्यकारी राष्टपतिका पक्षमा नेपाली कांग्रेस सहमत नभए सँगै सरकारमा नबस्ने बताएका छन् । कार्यकारी राष्टपति अबको हाम्रो राजनीतिक एजेण्डा हो, पहिले कांग्रेससँग यो प्रस्ताव गर्छु, मानेन भने सरकारमा सँगै बस्न सकिँदैन । अब एजेण्डा मिल्नेसँग सत्ता साझेदार हुन्छ, नमिल्नेसँग कुनै सहकार्य हुँदैन । संविधान निर्माणका बेला माओवादी केन्द्रले कार्यकारी राष्टपतिको मुल एजेण्डा बनाएको भन्दै प्रचण्डले संविधान निर्माणका बेला छोडेको एजेण्डा माओवादीले विस्तारित बैठकबाट फेरी उठाउने निर्णय गरेको थियो ।
प्रशिक्षण कार्यक्रममा सरकार ढाल्ने कुरा समेत प्रचण्डले गरेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा केही काम गर्न नसक्नुको कारण अलमल्लमा परेको भन्दै दोश्रो पटक प्रधानमन्त्री पदमा बसेर आफूले सकेसम्म काम गरेको उनको दावी थियो  । दोश्रो पटक प्रधानमन्त्री पदको जिम्मेवारी लिनु भैसकेको प्रचण्डले अब तेश्रो पटक पनि प्रधानमन्त्री हुने बिश्वास व्यक्त गरेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी