
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एमालेलाई कमजोर पार्न र आफ्नो स्थान जमाउन माओवादीले फेरी कांग्रेसको ढाडमा टेक्ने निश्चित देखिन्छ।दुई दलबीच चुनावी तालमेल हुने निर्णय प्रदेश नम्वर २ को स्थानीय तहको निर्वाचनमा गरेका छन् । कांग्रेसले माओवादीको यो नीति सफल बनाउनमा मुख्य मुख्य भूमिका खेलेको छ । माओवादीलाई कांग्रेसले पहिलो दल र दोस्रो दल सरकारमा नजाने नीति लिएका कारण आफ्नो नीति लागु गर्न अझ बढि सजिलो भएको छ।
‘ढाँडमा टेकेर टाउकोमा हिर्काउने’ माओवादी युद्धकालको अन्तिमतिर यो वाक्य निकै चर्चित थियो। यो नीतिले युद्धकालमा काम गरेता पनि हाल कांग्रेससँग सत्ता गठबन्धन गरेपछि माओवादीको पुरानो नीति सफल भएको प्रस्ट देखिन्छ। माओवादीको यो नीतिले तत्कालिन बलियो शक्ति कांग्रेसलाई हिर्काउन बनाएको भएता पनि अहिले कांग्रेससँगै मिलेर माओवादीले एमालेप्रति लागु गरेको छ ।
जनवर्गिय संगठन कमजोर भएका कारण २०६४ सालको निर्वाचनमा माओवादी ठुलो शक्ति भएपनि उसको ताकत ५ बर्ष टिकेन । उसका जनबर्गिय संगठनहरु निकै कमजोर देखिन्थे । २०७० सालको निर्वाचनमा कांग्रेस पहिलो शक्ति बनेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको टाउकोमा हिर्काउन एमालेको ढाडमा टेके । प्रचण्ड समाजिक संघसंस्थाहरुमा एमालेसँग मिलेर कांग्रेसको नेतृत्वलाई विस्थापित गर्न थाले ।
एमाले र माओवादी मिलेर कांग्रेस नेतृत्वलाई सामुदायिक रेडियो प्रशारक संघ,पत्रकार महासंघ, जनजाति पत्रकार महासंघ जस्ता स्थानमा विस्थापित गरेका थिए । त्यसपछि माओवादीले आफ्नो स्थान बनायो । राजनीतिक बिश्लेषक मुमाराम खनाल बताउँछन् – सामाजिक संघ र संगठनहरुमा एमालेको ढाडमा टेकेर उक्लेको माओवादी स्थानीय निकायको निर्वाचनपछि कांग्रेसको ढाँडमा टेकेर एमालेको टाउकोमा हिर्काउने रणनीतिमा पुगेको छ ।
कांग्रेस संविधान जारी हुँदाका बखत पहिलो शक्ति थियो । एमाले र माओवादी गठबन्धनले पहिलो शक्तिलाई सरकार बाहिर राखेर सरकार निर्माण गरयो । माओवादी केन्द्रले गठबन्धनका प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली निकै लोकप्रिय बनेपछि आफ्नो रणनीति बदल्यो । दाहाल प्रधानमन्त्री कांग्रेससँग सहकार्य जोड्दै एमालेसँगको गठबन्धन तोड्दै बनेका थिए ।
सयौ स्थानमा कांग्रेस माओवादी गठबन्धन बन्नुको कारण स्थानीय तहको निर्वाचनमा लज्जास्पद पराजय हुने आँकलन भएकाले हो । तरपनि एमाले पहिलो शक्ति नै सावित भयो । संघ संगठनका निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच यसै कारण सहकार्य भएको थियो । कांग्रेस र माओवादी केन्द्रको सहकार्य सामुदायिक रेडियो प्रसारक संघदेखि जनजाति महासंघसम्म बन्न पुगेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्