काठमाडौं – देवेन्द्र पौडेलले नयाँ शक्तिबाट विद्रोह गरेको तेस्रो दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईबीच एक घण्टा लामो छलफल भयो । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको प्रस्ताव गरे भने भट्टराईले देवेन्द्र पौडेल लगायत १५ जनाको विद्रोही समुहलाई माओवादी केन्द्रमा तत्काल नलिन पहिलो सर्त राखे ।
‘त्यही सर्तले देवेन्द्र पौडेल, बामदेव क्षेत्री, मुक्त प्रधानलाई माओवादी केन्द्रमा छिर्न मुस्किल बनायो’ प्रचण्ड निकट स्रोतले भन्यो ‘बाबुरामजीको आग्रहमा प्रचण्डले देवेन्द्र पौडेल समुहलाई तत्काल पार्टीमा फिर्ता ल्याउन सक्नुभएको छैन ।’
एकसाता अघि माओवादी केन्द्रमा प्रवेश गर्ने भन्दै राजधानीको एक होटलमा पौडेल समुहले नयाँ शक्तिबाट विद्रोह गरेको थियो । तत्कालै संयोजक बाबुराम भट्टराईले १५ जना नेताहरुलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणमा जित्न नबुझेको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेका रामचन्द्र झालगायत २ जनालाई कारवाही गरेका छन् ।
पौडेललगायत १५ जनाको समुह ‘वल्लो घाट न पल्लो तिर’ बनेको छ । न माओवादी केन्द्रले तत्काल फर्काउन चाहेको छ नत नयाँ शक्तिमा फर्किन सकेका छन् । माओवादी केन्द्रमा फर्किन बाबुरामले रोकेको थाहा पाएपछि बाबुरामसँग आक्रोसित र प्रचण्डसँग दुखि बनेका छन् ।
पाँच दिनअघि पौडेल प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । तर प्रचण्डले स्थानीय तहको निर्वाचनपछि एकता गरौला भनेपछि उनी दुखि हुँदै फर्केको स्रोतले बताएको छ । – एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्