- अर्थ सरोकार सम्बाददाता
भक्तपुर – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारीलिन भक्तपुर पुगेका छन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए अध्यक्षले गरेका छन् । मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न दाहाल गएका थिए । भट्टराई संगको कुरा गरे पश्चात प्रचण्डले भने अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ ।
शल्यक्रियामा संलग्न प्रा डा राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच मात्रै करिब आधा घण्टो छुट्टै छलफल भएको थियो । अध्यक्ष प्रचण्ड र डा भट्टराईबीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ । अस्पतालमा उपचार गराइरहनु भएका डा. भट्टराईसँगको भेटपछि अध्यक्ष दाहालले उनको उपचारको क्रम चलिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै उनी छिट्टै घर फर्किने विश्वास व्यक्त गरे ।
करिब एक वर्षदेखि नियमित रुपमा डा. भट्टराईको मूत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउँदै प्रा डा. बर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताए । शल्यक्रियापछि तीन दिनसम्म पिसाब नलीमा पाइप राखेर आज बिहान निकालिएको अस्पतालको मेट्रोन सुन्दरी जोशीले जानकारी दिए ।