
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुहिएको चामल नकिन्नु भन्दै व्यंग्यात्मक अभिव्यक्ति दिएका छन् । ‘हामीले बासमति चामल फलायौं तर बाहिर बेच्नको लागि कहिले लागेनौ , घरमै जम्मा गरेर पोको पारेर राख्यौं । तर, लाज मर्दोको कुरा त के छ भने प्रतिगामीहरु कुहिहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔं । कुहेको किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ ।’उनले भने । ‘माओवादीले जिते मात्र प्रदेश नं. २ सामन्तवादको गढ, जमिन्दारहरुको बोलवाला, जस्ता यस्ता ठाउलाइ बदल्न सक्छ । नत्र अरु कै कुराको अन्धबिस्वास लागे यो स्थान कुरूप हुन् समय लाग्दैन त्यसैले पनि माओवादी उम्मेदवारहरुले जित्न जरुरी छ ।’ उनले भने ।
प्रदेश नं. २ मा अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा सबै दृस्टीकोणबाटआफ्नो पार्टी विजय बन्ने कुरामा निश्चिन्त भएको बताएका छन् । आफूले धनुषाको जनकपुरधाममा गरेको कार्य बताउदै पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले पार्टीलाई बिजय बनाउन निर्वाचनमा ठुलो मेहनत गर्नु पर्ने बताउनु भयो ।
‘भ्रममा पारिएन भने र सत्यलाइ देख्न सके देखि माओवादीले जित्ने निश्चित छ । भ्रमको खेती अरु पार्टीहरुले गरेका छन् जनताले त्यसैलाई साचो कुरा माने हो भने यसमा मेरो भन्नु केहि छैन । तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित पनि गरिसकेको छ, जनताले पक्कै भुलेको जस्तो मलाई लाग्दैन ।’अध्यक्ष प्रचण्डल भने हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भएको थियो,अन्धबिस्वासले राम्रो कामलाइ पनि नराम्रो बनाइँदिन्छ । अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, अब नेपाललाई पनि त्यसै तर्फ लैजान लागेको त होइन भन्ने मलाई शंखा लागिरको छ ।’ उनले थपे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्