काठमाडौं । नेकपा कम्यूनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले जीवनको महत्वपूर्ण समय युद्धमा बिताए । माओवादी युद्ध सकिएपनि क्रान्ति नसकिएको भन्दै उनी क्रान्तिको योजना बनाइरहेका छन् । तर छोरा प्रकाश चन्दले भने क्रान्ति भन्दा सेवालाई प्राथमिकता दिएका छन् ।
चितवन मेडिकल कलेजमा अध्ययनरत प्रकाश यतिबेला बाढी पीडित क्षेत्र तराई झरेका छन् । मेडिकल कलेजमा अध्ययनरत १६ जनालाई लिएर तराईका बस्तीमा विरामीहरुको स्वास्थ्य चेक जाँच गरिरहेका छन् ।
बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुमा महामारी फैलिने स्वास्थ्यकर्मीहरुले चेतावनी दिइरहेका बेला प्रकाशसहितको टोली सप्तरी पुगेको छ । कतिपय बाढी पीडितहरु विरामी पनि परिरहेका छन् । प्रकाशसहितको बिद्यार्थी चिकित्सक टोलीले उनीहरुको स्वास्थ्य जाँच गरिरहेको छ । उनीहरुको टोलीले स्वास्थ्य चेकमात्र नभई चितवनमा संकलन गरेको राहत सामग्री पनि वितरण गरिरहेको छ ।
‘हामीले रामपुरा नगरपालिकाका ८०० जनालाई उपचार गर्ने लक्ष्य लिएर यहाँ आइपुगेका छौं, आजैमात्र ३०० जनाको उपचार गर्यौँ’, चन्दले भने,‘यहाँका पीडितहरुमा जिउ दुख्ने, ब्लड प्रेसर लो हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिएका छन्।’
भाइरल ज्वरो र डाइरिया महामारीकै रुपमा फैलिएकोले त्यसलाई रोक्न प्रकाशले स्वास्थ्य शिविर नै खडा गरेका छन् । राजनीतिका धेरै सक्रिय नहुँने प्रकाश चिकित्सा क्षेत्रतिर केन्द्रीत भएका छन् ।

– एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्