
काठमाडौँ – प्रताप शर्मा । त्रिचन्द्र कलेजमा पढ्दा समाजशास्त्रका कलेज टपर । ‘स्कुलहरुमा लुट नै लुट छ ।’ अर्थ सरोकार टेलिभिजन कार्यक्रमको स्टुडियोमा छिर्नु अघि उनी भन्दै थिए, ‘शिक्षा क्षेत्रमा पनि एउटा सर्वेन्द्र खनाल वा नवराज सिलवाल चाहिएको छ, जसले नक्कली सर्टिफिकेटधारीहरुलाई आच्छु आच्छु बनाउन सकोस् ।’ ८ बर्ष लामो समय नेपालका नीजी स्कुलहरुमा पढाएका उनी भन्छन्, ‘अधिकांससँग नक्कली सर्टिफिकेट छ । मैले समाजसाश्त्रमा डिग्री गरें, कानुनमा स्नातक गरें । कहिलेकाहीं व्यर्थ लाग्छ । यहाँ त नक्कली सर्टिफिकेट हुनेहरुको हालीमुहाली छ ।’