- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५५ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन २ सयले बढेर प्रति तोला ५५ हजार ५ सय मुल्यमा कारोबार भएको छ ।
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४७ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ कायम गरेको छ।