- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५५ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर ५५ हजार ५ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४७ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ।