पर्सा – वीरगन्ज महानगरपालिकाको उपमेयरको लागि नेपाली काङ्ग्रेसबाट ६ जनाको नाम सिफारिस हुँदाहुँदै पनि पार्टीको साधारण सदस्यसमेत नरहेकी र जिल्ला कार्यसमितिले नामसमेत सिफारिस नगरेकी एक युवतीको प्रस्ताव आएपछि कांग्रेसले वीरगन्ज महानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
यसअघि पर्सा जिल्ला कार्यसमितीले महानगरको उपमेयरका लागि शान्ति कार्की, उत्तमा प्याकुरेल, रूपादेवी श्रेष्ठ, डा. सुषमा तिवारी, विद्या श्रेष्ठ र सशुन्तलादेवी कुर्मीको नाम सिफारिस गरेको थियो ।तर, केन्द्रीय सदस्य रमेश रिजालले साधारण सदस्य नै नरहेकी प्रियंका केशरीलाई उपमेयर उम्मेदवार बनाउनुपर्ने अडान लिएका छन् । त्यसमा जिल्लाका अधिकांश नेताले विरोध जनाएका कारण उपमेयर उम्मेदवारको टुंगो लाग्न नसकेको हो । पार्टीमा केशरीको कुनै पनि योगदानसमेत नरहेको भन्दै अन्य नेताले विरोध जनाएका छन् ।
महानगरको मेयर पदको लागि कांग्रेसबाट जिल्ला सभापति अजय द्विवेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर फरक व्यक्तिलाई उम्मेदवार बनाउन पार्टी केन्द्रिय सदस्य रिजालले फरक व्यक्तिलाई उम्मेदवारको सिफारिस गरेपछि उत्पन्न भएको विवाद मिल्न नसकेको हो।‘प्रियंकाको नाम जिल्ला कार्यसमितिले सिफारिस नै गरेको छैन’, कांग्रेस पर्साका सचिव श्याम पटेलले भने, ‘उनी पार्टीको साधारण सदस्य पनि होइन, जिल्ला कार्यसमितिले सिफारिस गरेकै ६ जनामध्ये एकलाई पार्टीले उम्मेदवार बनाउँछ ।’ उनले मेयरमा द्विवेदीलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिँदै उपमेयरको टुंगो नलागेको बताए ।
तर रिजालले भने केन्द्रीय कार्यसमितिले केशरीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको दाबी गरेका छन् ।यद्यपि केशरीलाई उम्मेदवार बनाए द्विवेदीले आफू मेयरमा नलड्ने अडान लिएको स्रोतले जनाएको छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्