×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी भवनमा राजपाको कार्यालय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरकारी भवनमा राजपाको कार्यालय

Artha Sarokar

२४ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएको र संसदमा २५ जना सांसदले प्रतिनिधित्व गर्ने राजनीतिक दलको केन्द्रीय कार्यालय सरकारी भवनबाट सञ्चालित भएको कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, गत बैशाख ७ गते ६ वटा मधेश केन्द्रीत राजनीतिक दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको कार्यालय भने सरकारी भवनबाटै सञ्चालित हुँदै आएको छ । 
तत्कालिन प्रधानमन्त्री डा. बाबुुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा बन विभागस्थित बबरमहलको जग्गा प्रमुख निजामति कर्मचारी संगठनलाई दिने निर्णय अनुसार मधेश केन्द्रीत दल निकट नेपाल मधेशी निजामति कर्मचारी मञ्च र नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी यूनियनलाई एक÷एक रोपनी जग्गा उपलब्ध गराएको थियो । सरकारले उपलब्ध गराएको एक रोपनी जग्गामा कर्मचारी यूनियनले दुइ तले भवन बनाइ सकेको छ भने कर्मचारी मञ्चले साढे चार तले भवन बनाएको छ । सो भवनको उद्घाटन गत बर्ष २०७३ साल बैशाख २६ गते आइतबार तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष र मञ्चका केन्द्रीय अध्यक्ष बिनोद कुमार सिंहले उद्घाटन गरेका थिए । 
साढे चार तलामध्ये चार तलाको प्रयोग राजपाले  गरेको छ भने सवैभन्दा माथिल्लो तलामा मञ्चका अध्यक्ष सिंहले एउटा मात्र कोठा प्रयोग गरेका छन् । राजपाले सो भवनको चार तला प्रयोग गरेबापत मञ्चले मासिक एक लाख बढी भाडा लिने गरेको पार्टी महासचिव केशव झाले जनप्रहारलाई बताए । सरकारी कर्मचारीहरुको एउटा संगठनलाई सरकारले दिएको सरकारी भवन भाडा दिन मिल्दैन तर मञ्चले व्यापार र व्यवसाय झैं सरकारी जग्गामा निर्माण भएको भवन पार्टीलाई भाडामा दिनु उचित नभएको मञ्चका एक सदस्य बताउँछन् । राजपाले भने मञ्चलाई बुझाउनु पर्ने भाडा बापतको रकम पहिलो पटक नबुझाएर भवन वरपरको पर्खाल लगाउनमा खर्च  गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी