
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – खेलकुदमा जनीतिकरण भइरहेको छ । त्यस्ता क्रियाकलापको छनविन गरी नराम्रो गतिविधिलाई रोकी ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले दाबी गरेका छन् । भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा बिहीबार भएको नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले भने -‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नका लागि ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने छौं ।’
नेपालगञ्ज, जनकपुर, झापा, पोखरा, विराटनगर लगायतका शहरहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने योजना रहेको समेत उहाले जानकारी गराउनु भयो । एकमात्रै अन्तर्राष्ट्रिय स्तरको काठमाडौँको रंगशाला मर्मत सम्भार भइरहेको उनले बताए ।
आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाए । खेलकुद क्षेत्रमा विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ – खेलकुदमन्त्री केसीले भने ।
उनले खेलकुद क्षेत्रमा कुनैपनि प्रकारको राजनीति र खराब प्रवृति नलेराउने धारणा व्यक्त गरे । यसका लागि आफु आफ्नो डिउटीमा कडाका लाग्ने कुरा र अहिले खेलकुद क्षेत्रमा भइरहेको राजनीति हटाउने प्रयास जारी रहेको समेत बताउनु भयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्