×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेशी जनतालाई नेपाली नागरिक नै नसम्झेको आरोप,सरकार र संसद दुवै छोड्दै राजपा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मधेशी जनतालाई नेपाली नागरिक नै नसम्झेको आरोप,सरकार र संसद दुवै छोड्दै राजपा

Artha Sarokar

२५ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – राष्ट्रिय जनता पार्टी केन्द्रिय कार्यसमितिको बैठक चुनावमा जाने कि नजाने विषयमा चर्को बहस र छलफल तीन दिन सम्म चलेको थियो । उक्त बैठकको निर्कर्ष राजपा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीका संयोजक महन्थ ठाकुरले सात दिनको अल्टिमेटम दिएर सरकारबाट समर्थन फिर्ता लिने धारणा सार्वजनिक गरेका छन् । त्यस्तै बैठकपछि संयोजक ठाकुरले सबै क्षेत्रमा समावेशी हुनुपर्ने धारणा राख्दै ठाकुरले वार्तामा बोलाउदा जाने र आफ्ना मागहरु अगाडी सार्दा त्यसलाई कमजोरी ठान्ने मानसिकता सरकारले त्याग्नुपर्ने बताए । त्यस्तै उनले मधेशी जनतालाई नेपाली नागरिक नै नसम्झेको पनि आरोप लगाएका  छन् । 
संयोजक ठाकुरले भने – सरकारले मधेशको माग पूरा गर्ने विषयमा कुनै कदम चालिरहेको छैन, यस अवस्थामा सरकारलाई समर्थन दिइ राख्नु राम्रो होइन, यद्यपी शुरुमा सात दिनको अल्टिमेटम दिने त्यसपछि पनि सरकारले काम गरेन भने फिर्ता लिन्छौ । अहिलेसम्म हामी संसदमा छौं, जुन संसदमा हाम्रो भूमिका रहदैन, राज्यले भूमिका विहिन बनाइदिन्छ, त्यही दिन संसदबाट पनि राजिनामा दिएर आन्दोलनमा जान्छौं । सरकार मात्र होइन,राजपाले संसदबाट पनि आफ्नो ठाउँ छोड्ने निर्णय गरेको छ । पार्टी पदाधिकारी बैठकमा सरकार र संसद दुवैबाट राजिनामा दिएर आन्दोलनमा जानुपर्ने कुरा बैठकमा चौतर्फी रूपमा उठेपछि पार्टीको उक्त धारणा सार्वजनिक भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी