Skip to content
LAXMI SUNRISE BANK

राजपाका संविधान संशोधनबाहेकका सबै माग पूरा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राख्दै आएका संविधान संशोधनबाहेकका अन्य माग लगभग पूरा भैसकेको छ । राजपा नेपालले मधेश आन्दोलनमा आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता, थुनामा रहेकाको रिहाइ, मृत्यु भएकालाई शहीद घोषणा, घाइतेको निःशुल्क उपचार, अशक्त तथा अपाङ्गता भएकाको स्थायी व्यवस्थापन, जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या थपजस्ता माग राख्दै आएको थियो । तीमध्ये मुद्दा फिर्ता लिने र बन्दी रिहाइ गर्ने प्रक्रिया तीव्र रूपमा अगाडि बढेको छ । राजपा नेपालका महासचिव केशव झाका अनुसार २०६ मुद्दामध्ये सरकारले १४० वटा मुद्दा फिर्ता लिइसकेको छ । 

बाँकी रहेका ६६ मध्ये ३२ मुद्दाका बारेमा छानबिन गर्न सम्बन्धित जिल्लामा पठाइसकिएको छ । बाँकी ३४ थान मुद्दाका अभियुक्त फरार छन् । फरार अभियुक्तलाई अदालतमा हाजिर गराउने प्रयास सरकार र राजपा नेपालले गरिरहेको छ । काँग्रेसनेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले भने – शहीद घोषणा, उपचार खर्च तथा क्षतिपूर्ति दिने कार्य सरकारले गरिसकेको छ र केही मुद्दा फिर्ता लिन बाँकी छ त्यसको बारेमा छानबिन गर्न जिल्लामा पठाइएको छ । मधेशवादी दलले बुझाएको नामावलीसहित सरकारले ८० जनालाई शहीद घोषणा गरिसकेका छन्  ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK