
काठमाडौं- राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको रिपोर्ट सार्वजनिक भएको छ । सार्वजनिक रिपोर्ट अनुसार बैंकले गत आर्थिक बर्षभन्दा ३० प्रतिशत बढि नाफा आर्जन गरेको छ । सार्वजनिक रिपोर्ट अनुसार बैंकले यसपाली तीन अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ जवकी बैंकले अघिल्लो आर्थिक बर्षमा दर्इ अर्ब ३५ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
यस्तै बैंकले गत आर्थिक बर्षमा एक खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी ६ अर्ब ९७ करोड रुपैयाँ थियो भने अघिल्लो बर्षमा ५ अर्ब ५४ करोड रुपैयाँ थियो । गत आर्थिक बर्षमा बैंकको कर्मचारी खर्च मात्र तीन अर्ब ११ करोड रुपैयाँ रहेको छ । यता बैंकको खराब कर्जामा सुधार आएको छ । बैंकको एक आर्थिक बर्षमा ४.२५ प्रतिशतको खराब कर्जा घटेर २.३५ प्रतिशत रहेको छ।
यस्तै बैंककले गत आर्थिक बर्षमा डुवेको एक अर्ब २१ करोड रुपैयाँ ऋण राइट व्याक गरेको छ । बैंकको गत आर्थिक बर्षमा पूँजी कोष अनुपात १०.४६ प्रतिशतबाट बढेर ११.८३ प्रतिशत पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्