Skip to content
LAXMI SUNRISE BANK

मेयर रेणु दाहाललाई चुनौती दिदै एमाले वडाध्यक्षले गरे यस्तो निर्णय, सबै चकित..

अर्थ सरोकार

सबैलाई चकित पार्ने गरी एमालेबाट निर्वाचन भरतपुर महानगरपालिकाको ११ नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारीले तीन वटा निर्णय गरेका छन् ।
भरतपुर महानगरपालिकाका एमालेका तर्फबाट नवनिर्वाचित वडा सदस्यहरु सहित सपथ ग्रहण गरेका अध्यक्षले पदभार सम्हालेलगत्तै ११ नम्बरलाई वातावरणमैत्री वडा घोषणा गर्ने, हेल्थ क्लब सञ्चालन गरिने (जिम हल, एरोबिक) र सुकुम्बासीहरुलाई जग्गा हस्तान्तरण गर्न पहल गर्ने निर्णय गरेका हुन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको शपथग्रहण कार्यक्रममा भरतपुर १९ को मतपत्र च्यात्ने सहभागी भएको भन्दै उनीहरुले शपथ लिएका थिएनन् ।
आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छुट्टै कार्यक्रमको आयोजना गरी एमालेका तर्फबाट निर्वाचित १४ मध्ये १२ जना वडा अध्यक्षले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेसँग शपथग्रहण गरेका छन् ।
वडा सदस्यले भने महानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा महानगर प्रमुख दाहालसँग शपथग्रहण गरेका थिए ।
कांग्रेस माओवादी गठबन्धनबाट निर्वाचित मेयर रेणु दाहालले भरतपुरलाई एसियाकै उत्कृष्ट महानगर बनाउने बताइरहेका बेला एमालेबाट निर्वाचित ११ नम्बर वडाका वडाध्यक्षले पदभार ग्रहण गर्दै जनताको man जित्न यस्तो निर्णय गराएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK